डा. सुधा शर्माको 'सिंहदरबारको घुम्ने मेच' सार्वजनिक
शनिबार, ०१ कात्तिक २०७७, १३ : ०२
डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ । डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत सचिवको कार्यभार सम्हालेकी थिइन् ।
डा सुधाको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले भनेका छन् "यो पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनु भएको छ, यसले आउने पुस्तालाई केही सिक्ने मौका दिन्छ ।"
पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ ।
रू. ४२५ मा उपलब्ध हुने ‘सिंहदरबारको घुम्ने मेच’ देशका प्रमुख पुस्तक पसलमा सहजै उपलब्ध हुनेछ । पुस्तकको मूल्य ५ सय ९५ रुपैयाँ राखिएको छ ।