कशिससँग मायाको बैना माग्दै सम्याक
आइतबार, ०२ कात्तिक २०७७, ११ : २४
काठमाडौं – चर्चित म्युजिक भिडियो निर्देशक समन अधिकारीको छोरा सम्याक अधिकारी पनि मोडलिङमा देखिएका छन् । गायिका एलिना चौहान र गायक प्रकाश खतिवडाको स्वर रहेको नयाँ गीत ‘मायाको बैना’को म्युजिक मार्फत उनले अभिनयमा डेब्यु गरेका हुन् ।
शनिबार सार्वजनिक भिडियोमा उनको र मोडल कशिस दाहालको रोमान्स देख्न सकिन्छ । प्रेमकथा बुनिएको भिडियोमा संम्याक र कशिसको अलवा गुराश ढकाल, आयुषी ढकालको समेत अभिनय देख्न सकिन्छ ।
प्रमिला भण्डारीकोको शब्द तथा कल्याण सिंहको संगीत रहेको भिडियोमा नारायण रिजालको कोरियोग्राफी, फराज अर्पणको छायाँकन तथा सम्पादन रहेको छ । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् ।