सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

सोमबार, ०३ कात्तिक २०७७, ०६ : ३६
सोमबार, ०३ कात्तिक २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाले हालको मौसमको अवस्था पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको जनाएको छ । 

यसैगरी, दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहन सक्ने सम्भावना रहेको छ । 

भने, अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति  प्रदेश १,  बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप