लोकसेवा आयोगले कार्तिक १६ बाट लिने भनेका सबै परीक्षा स्थगित
सोमबार, ०३ कात्तिक २०७७, १४ : ४६
काठमाडौं । चौतर्फी आलोचना र दवावपछि लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि लिने तयारी गरेका सबै लिखित परीक्षा स्थगित गरेको छ। सोमबार बसेको आयोगको बैठकले अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाभाइरसका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाले परीक्षा स्थगित गरेको आयोगको भनाई छ ।