प्रताप दास र मेगाले ल्याए ‘जंगे पिल्लर’ गीत
बुधबार, ०५ कात्तिक २०७७, १९ : ५९
काठमाडौं । गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । श्रीराम थापाको शब्द तथा सुवास भुषालको संगीत रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।
गणेश शाहीको निर्देशन रहेको भिडियोमा पनि प्रताप र मेगाकै अभिनय देख्न सकिन्छ । गीतमा फराज अर्पणको छायाँकन तथा र सम्पादन छ ।