अबको तीन दिन यस्तो रहनेछ मौसम
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले शुक्रबार उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी, राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ ।
यस्तै, शनिबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू(भागमा आंशिक बदली रहनेछ ।
आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।