दसैं मनाउन गाउँघर गएकाहरु फर्कन थाले कर्मथलो (फोटोफिचर)
शुक्रबार, १४ कात्तिक २०७७, १७ : ३०
काठमाडौं । नेपालीहरुको महान चाड दसैं मनाउन गाउँघर गएकाहरु धमाधम कर्मथलो काठमाडौं उपत्यकासहित विभिन्न शहरमा फर्कन थालेका छन् ।
विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छोेडेर शहर पसेकाहरु दसैं मनाउन घर जाने गर्दछन् । सोही अनुरुप यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दसैं मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।
गाउँ गएकाहरु फर्कन थालेसँगै काठमाडौँ उपत्यकामा चहल पहल समेत बढ्न थालेको छ । आज यस वर्षको दशैंको अन्तिम दिन काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट भित्रनेहरुको संख्या उल्लेख्य देखियो ।
यद्यपी विगतका वर्षमा जस्तो दसैं मनाउन उपत्यका छोड्ने र फर्कनेको संख्या भने न्युन रहेको ट्राफिक प्रहरी र यातायात व्यवसायीले बताएका छन् ।