आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप तीन संक्रमितको मृत्यु

आइतबार, १६ कात्तिक २०७७, ०८ : २५
आइतबार, १६ कात्तिक २०७७

पोखरा । गण्डकी प्रदेशमा थप तीन जना कोरोनासंक्रमितको मृत्यु भएको छ  । नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृतक दुबै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गरेका छन् ।

यसैगरी पोखरा महानगरपालिका–९ का ६२ वर्षीया महिलाको समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गए राति नै निधन भएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

यस्तै, गण्डकीमा थप नयाँ ६३ संक्रमित थपिएका छन्  । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनासंक्रमितको संख्या ७ हजार ३७८ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा  गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप भएका नयाँ ३२ त्यसैगरी क्षयरोग उपचार केन्द्र, पोखरामा  गरिएको परिक्षणमा थप नयाँ ३० जना गरि ६२ नयाँ संक्रमित थपिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप