सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूर्व समूहभित्र खेल्न खोज्दा विभाजनको दूर्भाग्य निम्तिन लाग्योः ईश्वर पोखरेल

सोमबार, १७ कात्तिक २०७७, १३ : ४२
सोमबार, १७ कात्तिक २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको टिप्पणी गरेका छन् । सोमबार ट्वीट गर्दै पोखरेलले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दूर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका हुन् । पोखरेलको आरोप पार्टीका कार्यकारी अध्यक्षप्रति लक्षित छ । 

‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दूर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दूर्भाग्य  निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं, व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं’ पोखरेलले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप