बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रक्तचापबारे नपाल्नुहोस् यी पाँच गलत धारणा, हुनसक्छ खतरनाक

सोमबार, १७ कात्तिक २०७७, १४ : १९
सोमबार, १७ कात्तिक २०७७

शरीरलाई स्वस्थ राख्नका लागि रक्तचाप सही हुन निकै आवश्यक छ । रक्तचापमा उतार–चढाव शरीरमा भइरहेको परिवर्तनको संकेत हो । रक्तचाप कम हुनु वा बढ्नु दुबै हानिकारक हुनसक्छ । रक्तचाप बढ्दा मुटुरोगको खतरा बढ्ने गर्छ, यस्तै रक्तचाप कम हुँदा रिँगटा लाग्न थाल्छ ।

रक्तचापको विषयमा मानिसहरुको विभिन्न प्रकारको भ्रम छ र जानकारी नहुँदा रक्तचाप ठिक राख्न उचित कदम उठाउन सक्दैनन् । रक्तचापबारे मानिसहरुमा कस्ता गलत धारणा छन् त्यसबारे जानकारी लिऔं ।

भ्रम १ः रक्तचापमा उतार चढाव हुँदा कुनै हानी छैन

धेरैजसो मानिसहरुले रक्तचाप घटबढ हुनुलाई खासै वास्ता गर्दैनन् । बढ्दो रक्तचापले स्वास्थ्य सम्बन्धि थुप्रै गम्भीर संकेत पनि दिन्छ । रक्तचाप कम हुँदा पनि शरीरले राम्रोसँग काम गर्न सक्दैनँ । नियमित रुपमा रक्तचाप परीक्षण गर्न आवश्यक छ । यदि तपाईंको रक्तचाप परिवर्तन भइरहनछ भने डाक्टरलाई तुरुन्त सम्पर्क गरिरहनुहोस् ।

भ्रम २ः उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिँदैन

धेरैजसो मानिसहरुमा उच्च रक्तचापको समस्या हुन्छ र यसको उपचार गर्न सकिँदैन भन्ने गरिन्छ । उच्च रक्तचापलाई स्वस्थ आहार, सही जीवनशैली र औषधीमार्फत् नियन्त्रण गर्न सकिन्छ । दैनिक व्यायाम गर्दा, तौल सही राख्दा, स्वस्थ खानपिन, तनाव नलिँदा र धुम्रपान छोड्दा पनि उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ ।

भ्रम ३ः नुन कम खाँदा उच्च रक्तचाप ठिक हुनसक्छ

आवश्यकभन्दा धेरै नुन खाँदा रक्तचाप र मृगौला दुबैको लागि खराब हुन्छ । नुन कम गर्दा रक्तचापलाई नियन्त्रण गर्न त सकिन्छ तर यदि तपाईंलाई नुन कम गर्दा हाइपरटेन्सन कम हुन्छ भन्ने लाग्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । रक्तचाप नियन्त्रण गर्नका लागि सही जीवनशैली अपनाउन पनि आवश्यक छ ।

भ्रम ४ः रक्तचाप नियन्त्रणमा आएपछि उपचार छोडिदिनु

उच्च वा कम रक्तचापको समस्या समाधान भएपछि धेरैजसो मानिसहरु यसको उपचार गर्न बन्द गर्छन्, जुन गलत हो । जबसम्म तपाईंको डाक्टरले सल्लाह दिँदैनन् तबसम्म औषधी सेवन गरिरहनुहोस् । यसका साथै रक्तचाप ठिक राख्नका लागि सबै सही कुरालाई नजरअन्दाज नगर्नुहोस् ।

भ्रम ५ः रक्तचाप कम हुँदा कफी पिउनु

रक्तचाप कम भएको अवस्थामा कफी पिउँदा रक्तचाप ठिक हुन्छ भन्ने गरिन्छ । कफीमा पाइने क्याफिनले केही समयका लागि स्थितीर्ला नियन्त्रण गर्न सक्छ किनभने यो रक्तचापको कुनै उपचार होइन । क्याफिनको अत्यधिक प्रयोग स्वास्थ्यका लागि थप हानिकारक हुनसक्छ । यदि तपाईंलाई उच्च रक्तचापको समस्या छ भने तपाईंले क्याफिनको सेवनबाट बच्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप