आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज देशभर पश्चिमी वायुको प्रभाव, यी स्थानमा हल्का वर्षाको सम्भावना

बुधबार, १९ कात्तिक २०७७, ०६ : ४१
बुधबार, १९ कात्तिक २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । 

महाशाखाका अनुसार हाल प्रदेश १ मा आँशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । 

भने, पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

यस्तै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

यता, पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप