बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यी सात फलले जोडायाममा बढाउनेछ रोग प्रतिरोधी क्षमता, खाएमा कम बिरामी परिने

बुधबार, १९ कात्तिक २०७७, ०९ : ११
बुधबार, १९ कात्तिक २०७७

यो वर्ष हरेकका लागि सबैभन्दा आवश्यक कुरा भनेको रोग प्रतिरोधी क्षमता अथवा इम्युनिटी हो । कोरोनाभाइरसका कारण मानिसहरु अब स्वास्थ्यप्रति निकै चिन्तित भएका छन् । स्वास्थ्य विज्ञका अनुसार जाडोयाममा फ्लू वा संक्रमण फैलनु साधारण कुरा हो त्यसैले यतिबेला कोरोनाको मामिला पनि बढ्न सक्छ ।

संक्रमणबाट टाढा रहनका लागि धेरैजसो मानिसहरु काढा, जुस वा ग्रीन टी पिइरहेका छन् । चिसो मौसममा यस्ता फल पनि पाइन्छन् जसले प्रतिरोधी क्षमता बढाउँछन् जसका कारण शरीरले संक्रमणबाट लड्न मद्दत पाउँछ । आउनुहोस् यस्ता सात फलबारे जानकारी लिऔंः

अम्बाः

अम्बालाई जाडोयामको निकै मिठो फल मानिन्छ । अम्बामा भिटामिन सी र एन्टीअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ जसले शरीरलाई संक्रमणबाट जोगाउँछ र कोसिकाको कुनै पनि क्षतीबाट जोगाउँछ । अम्बामा फाइबर पनि उच्च मात्रामा पाइन्छ जुन मुटु र ब्लड सुगरका लागि निकै फाइदाजनक मानिन्छ ।

नास्पातीः

जाडोयाममा नाशपाती पनि निकै रुचाइन्छ । नास्पाती खाँदा जति स्वादिलो हुन्छ यसको जुस पनि निकै फाइदाजनक मानिन्छ । बालबालिका पनि नास्पाती निकै मिठो मानीमानी खान्छन् । यो आन्द्राका लागि निकै राम्रो मानिन्छ । नास्पातीमा भिटामिन इ र सीजस्ता एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ ।

सुन्तलाः

सुन्तलालाई भिटामिन सी र क्याल्सियमको निकै राम्रो स्रोत मानिन्छ । यसले मौसमी संक्रमणको खतरालाई कम गर्छ र शरीरलाई भित्रैदेखि बलियो बनाउँछ । यदि तपाईंलाई सुन्तला मनपर्छ भने यसको जुस बनाएर पनि पिउनसक्नुहुन्छ । यद्यपि, कब्जियतको समस्या हुनेहरुले सुन्तलाको जुसभन्दा सुन्तलालाई चपाएर खाँदा नै बढी फाइदाजनक हुन्छ ।

स्याउः

स्याउले शरीरलाई विभिन्न प्रकारको रोगबाट टाढा राख्छ । यसले रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ र शरीर पोल्ने र सुन्निने समस्या कम गर्छ । स्याउमा पेक्टिन, फाइबर, भिटामिन सी र के पाइन्छ । यो पोषणले पनि भरिपूर्ण हुन्छ ।

मौसमः

मौसम अमिलो–अमिलो, गुलियो–गुलियो हुन्छ जुन भिटामिन सीले भरिपूर्ण हुन्छ । यो खाँदा स्वादिष्ट हुन्छ र यसको जुस बनाएर पनि पिउन सकिन्छ । मौसमको फाइबर निकै फाइदाजनक हुन्छ त्यसैले यसको केस्रालाई चपाएर खाँदा नै राम्रो ।

अनारः

अनार हेर्दा रातो र खाँदा मिठो हुन्छ । अनारले रगतलाई पातलो बनाउँछ जुन रक्तचाप, मुटु, तौल घटाउन र छालाका लागि निकै राम्रो मानिन्छ ।

आलुबखडाः

आलुबखडालाई एन्टिअक्सिडेन्टको मुख्य स्रोत मानिन्छ । आलुबखडामा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ । आलुबखडाले चिसो मौसममा शरीरलाई बलियो बनाउने काम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप