सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाका कारण एकै दिनमा ४९२ जनाको मृत्यु

बुधबार, १९ कात्तिक २०७७, २२ : ३४
बुधबार, १९ कात्तिक २०७७

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या झन्डै पाँच सय पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहरको सम्भावना बढ्दै गएपछि एकैदिनमा  यत्तिका धेरै मृत्यु भएको यो नै पहिलो हो । हालसम्म कोरोनाका कारण बेलायतमा ४७ हजार ७४२ जनाको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।

यसैगरी २४ घण्टाभित्र थप २५ हजार १७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमित हुनेको कूल संख्या १० लाख ९९ हजार ५९ जना पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या भने निरन्तर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा एक हजार ४२१ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार १४२  जनालाई उपचारार्थ भेन्टिलेटर बेडमा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको  संख्या बाह्र  हजार नाघेकोछ ।

संक्रमणदर  तीव्र रुपमा बढ्न थालेपछि भोलि बिहीबार ५ नोभेम्बरबाट इंग्ल्याण्डमा कम्तिमा एक महिनाको लागि राष्ट्रव्यापी लकडाउन शुरु हुँदैछ । प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि दोश्रो राष्ट्रिय लकडाउन घोषणा गरिएको बताएका छन् । ‘घरैमा बस्न’ निर्देशन दिइएको सो लकडाउनमा स्कुल, कलेज र विश्वविद्यालयहरु नियमित रुपमा  सञ्चालनमा रहनेछन् । यो लकडाउनमा देशव्यापी रुपमा अत्यावश्यक बाहेकका सबै रिटेल पसल बन्द रहनेछन् तर सुपरमार्केटहरु खुला रहनेछन् ।

रिक्रियसन सेन्टर, हस्पिटालिटी क्षेत्रका पब, रेष्टुरेन्ट सबै बन्द रहनेछन् तर टेक–अवे, डेलिभरी सेवा खुला राख्न दिइनेछ  । घरैबाट काम गर्न नमिल्ने अवस्थामा कामका लागि कार्यालय जान सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप