आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पले लेखे- ‘हामीले जित्नेछौं, अमेरिका फर्स्ट ’

बिहीबार, २० कात्तिक २०७७, २३ : १०
बिहीबार, २० कात्तिक २०७७

एजेन्सी । ‘पछिल्लोपटक बाइडेनले दाबी गरेका राज्यहरुमा मतदाता धाँधली र राज्य निर्वाचन धाँधलीबारे हामी कानूनी लडाइँ लड्नेछौं । पर्याप्त प्रमाण छ, सञ्चारमाध्यम चेक गर्दै  गर्नुहोला । हामीले जित्नेछौं, अमेरिका फर्स्ट  ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको विषयमा पर्याप्त प्रमाण रहेको भन्दै यस्तो ट्वीट गरेका छन् ।

मतगणना भइरहेका राज्यमध्ये नेभादामा जो बाइडेन अघि छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको प्रोजेक्सनअनुसार ६ इलेक्टोरल संख्या रहेको यस राज्यमा विजयी हुनसके बाइडेनका पक्षमा आवश्यक २ सय ७० मत पुुग्नेछ । यता, ट्रम्पले अग्रता बनाएका जर्जिया, पेन्सिलभेनिया राज्यमा पनि मतान्तर साँघुरो हुँदैछ ।

ट्रम्पको चुनावी अभियान प्रचार समूहले केही राज्यमा मतगणना रोक्न माग गर्दै अदालतमा उजूरी दिएपनि गणना रोकिएको छैन । अहिले हुलाक र ईमेलमार्फत पठाइएका मतहरुको गणना भइरहेको छ । यस्तो मत जो बाइडेनलाई धेरै प्राप्त भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप