आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाइडनले भने, ‘राजनीति कहिलेकाँही फोहोरी हुने गर्छ, धैर्य गर्नुहोस्, अन्त्यमा हाम्रै जीत हुनेछ’

शुक्रबार, २१ कात्तिक २०७७, ०९ : २०
शुक्रबार, २१ कात्तिक २०७७

अमेरिकामा राष्ट्रपति चुनाव कसले जित्ला ? जो बाइडन वा डोनल्ड ट्रम्प ? हाल बाजी बाइडनले मार्ने जस्तो देखिएको छ । उनले ट्रम्पबाट मिशिगन र विस्कन्सिन खोसेका छन् । सन् २०१६ मा यहाँ ट्रम्प जितेका थिए । बाइडनले २५३ र ट्रम्पले २१४ इलेक्टोरल भोट हासिल गरेका छन् । डेलावेयरको विलमिंग्टिनमा बाइडनले राजनीति कहिलेकाँही फोहोरी हुने बताएका छन् । उनले प्रत्येक भोट नगनेसम्म धैर्य गर्न सबैलाई आग्रह गरेका छन् ।

यसैबीच ट्रम्पले मतगणना रोक्न माग गरेका छन् । अहिलेसम्म आएको नतिजाबीच अमेरिकाका थुप्रै राज्यमा ट्रम्पका समर्थक र विरोधीले प्रदर्शन गरेका छन् । हालसम्म ६० जनालाई पक्राउ गरिएको छ ।

बहुमतको नजिक पुगे बाइडनः

बाइडन बहुमतका लागि आवश्यक २७० को आँकडा नजिक पुगेका छन् । यतिमात्रै होइन, ट्रम्पको पकड रहेको ५१ सिट भएका तीन राज्य पेन्सिल्वेनिया, उत्तरी क्यारोलिना र जर्जियामा पनि बाइडन र राष्ट्रपतिको कडा प्रतिस्पर्धा छ ।

यहाँ सुरुवातमा ट्रम्पको अग्रता २५ प्रतिशतसम्म पुगेको थियो । किनभने सुरुवाती गन्तीमा मतदानको दिन अर्थात् नोभेम्बर ३ को भोट मात्रै समावेश गरिएको थियो । तर डाकबाट पठाइएका मतको गन्ती जतिजति सुरु भयो, ट्रम्पको अग्रता तीब्र रुपमा घट्दै गयो ।

लगभग बराबरीमा पुगेपछि ट्रम्पले चुनावमा धाँधलीको आरोप लगाउँदै अदालती लडाईंको घोषणा गरे । ट्रम्पले बुधबार पेन्सिल्वेनियामा डाकको भोटको गन्ती रोक्न माग गर्दै सर्वोच्च अदालतमा ऊजुरी दर्ता गरेका छन् ।

नतिजा कहाँ अड्किएको छ र किन ?

मामिला मतगणनाको कानूनी लडाईंमा अड्किएको छ । बाँकी भएका पाँच राज्यमा ६, ९ र १२ नोभेम्बरसम्म गन्ती हुनेछ । ट्रम्पले राहत नपाए १२ नोभेम्बरसम्म नतिजा आधिकारिक रुपमा आइसक्नेछ ।

के ट्रम्पले अहिले पनि बाजी मार्लान् ?

हो, यदि उनी पेन्सिल्वेनिया, जर्जिया र नर्थ क्यारोलाइनाका साथै नेवादामा पनि जिते भने । नेवाद नै अब यस्तो हो, जसले ट्रम्पको कुर्सी बचाउन सक्छ । त्यहाँ ६ भोट छन् । यो यदि ट्रम्पको पक्षमा आउँछ भने अहिलेको स्थितीमा बाइडन बहुमतले ६ भोट टाढा हुनेछन् । नेवादामा बाइडन ०.३ प्रतिशत भोटको अघि छन् । यद्यपि, १४ प्रतिशत भोट गन्न अझै बाँकी छ ।

के बाइडनले जितेको मान्न सकिन्छ ?

अधिकारिक रुपमा मान्न सकिँदैन । तर सरसर्ती हेर्ने हो भने उनले जितिसकेका छन् । टेक्सास युनिभर्सिटीका अस्टिन स्कूल अफ लका प्राध्यापक स्टीव व्लाडेक भन्छन्, ‘ट्रम्प सिधै सर्वोच्च अदालत जान्छन् भने उनको अपिल खारेज हुने सम्भावना बढी छ । यदि अपिल स्विकार गरिहाले पनि कानूनी प्रक्रियाले अन्तिम नतिजामा कुनै असर पर्नेछैन ।

न्यूयोर्क टाइम्सका अनुसार बाइडनले २५३ इलेक्टोरल भोट जितिसकेका छन् । ट्रम्पको खातामा २१४ भोट छ । यसबाहेक बाइडनले आफ्नै पार्टीका बराक ओबामाको १२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । बिहिबार बिहानसम्म बाइडन ७ करोड १० लाख पपुलर भोट हासिल गरिसकेका छन् । सन् २००८ मा ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५१६ भोट पाएका थिए ।

द गार्डियन्सका अनुसार ट्रम्पले २७० को आँकडा पाउनका लागि ५६ इलेक्टोरल भोटको आवश्यकता छ । ४ राज्यमा मतगणना जारी छ । यीमध्ये तीनमा ट्रम्पले जीत हासिल गरे भनेपनि उनी पुनः राष्ट्रपति बन्न सक्छन् । यसमा पेन्सिल्वेनिया सबैभन्दा महत्वपूर्ण छ ।

यस्तै बाइडन पेन्सिल्वेनियामा जितेर बहुमतसम्म पुग्न सक्छन् । यदि पेन्सिल्वेनियामा जीत हासिल गरेनन् भने पनि उनी नेवादा, जर्जिया र नर्थ क्यारोलिनामार्फत् ह्वाइट हाउससम्म पुग्न सक्छन् । तर यसमा नेवाद छोडेर जताततै ट्रम्पको दबदबा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप