सुशीलको ‘सुनन’मा आकाश र उषाको रोमान्स
शुक्रबार, २१ कात्तिक २०७७, १२ : १२
काठमाडौं – गायक सुशील श्रेष्ठ ‘जुजु’को बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ । प्रेमभाव बोकेको गीतमा शब्द सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ ।
गीतमा स्वर्गीय आशिष तामाङले संगीत दिएका छन् । म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रकाश जिसीको समेत रहेको छ ।
सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो आचार्य गोपालले निर्देशन गरेका हुन् ।