छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
शुक्रबार, २१ कात्तिक २०७७, १२ : ४२
काठमाडौं – छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
झापा जिल्लाको दमक नगरपालिका–१ हल्दार चोकस्थित गुम्ती किराना पसल गरी बस्ने ईलाम माङसेबुङ गाउँपालिका–५ घर भएकी ५० वर्षीया गोमा हाङदा लिम्बु आफ्नै घुम्ती पसलमा
बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
गुल्मी, सत्यवती गाउँपालिका–३ कुनडाँडास्थित सडकमा प्युठान गहुमुँखी गाउँपालिका– २ डाँडागाउँ बस्ने २० वर्षीय चिन्ताराम परियार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।