आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फ्लोरिडामा विजयी भएका ट्रम्प यी  ४ निर्णायक राज्यमा पनि अघि

शुक्रबार, २१ कात्तिक २०७७, १७ : ०७
शुक्रबार, २१ कात्तिक २०७७

एजेन्सी । डोनाल्ड ट्रम्पले २९ इलेक्टोरल रहेको फ्लोरिडा राज्यमा जित हासिल गरेका छन् ।  २०१६ मा पनि उनले यस राज्यमा जित हासिल गरेका थिए । अधिकांश राज्यबाट मतपरिणाम आउने क्रम जारी नै छ । यस्तोमा आगामी कार्यकाल ट्रम्पले नै निरन्तरता पाउँनेछन् वा डेमोक्रेटिकतर्फका प्रतिस्पर्धी जो बाइडेन विजयी हुन्छन् भन्ने तय गर्नका लागि यी ४ राज्यको मतपरिणाम निर्णायक हुनेछ ।

 जर्जिया
जर्जियामा ८७ प्रतिशत मतगणना भइसक्दा ट्रम्पको अग्रता कायम छ । ट्रम्पका पक्षमा ५६ दशमलव २ प्रतिशत र बाइडेनका पक्षमा ४६ दशमलव ५ प्रतिशत मत छ । यस राज्यलाई रिपब्लिकन पार्टीको पकड क्षेत्र मानिन्छ । यहाँबाट २००८ मा जोन म्याक केन, २०१२ मा मिट् रोम्नी र २०१६ मा ट्रम्पलाई मत आएको थियो । 

मिचिगन
मिचिगन ६२ प्रतिशतभन्दा धेरै मतगणना भइसक्दा ट्रम्प अगाडि छन् । उनले ५३ दशमलव ८ प्रतिशत र जो बाइडेनले ४४ दशमलव ६ प्रतिशत मत ल्याएका छन् । मिचिगनको इलेक्टोरल भोटर संख्या १६ जना छ । यस राज्यबाट २००८ र २०१२ मा बाराक ओबामाका पक्षमा मत खसेको थियो भने २०१६ मा ट्रम्प विजयी भएका थिए । 

पेन्सिलभेनिया 
पेन्सिलभेनियामा ६४ प्रतिशत मतगणना हुँदा ट्रम्पले फराकिलो अग्रता लिएका छन् । यहाँबाट २० जना इलेक्टोरलले प्रतिनिधित्व गर्छन् । ट्रम्पका पक्षमा ५६ दशमलव ७ प्रतिशत मत छ भने जो बाइडेनका पक्षमा ४२ दशमलव १ प्रतिशत मत मात्रै छ । 

विस्कन्सिन 

१० इलेक्टोरल रहेको विस्कन्सिनमा ८६ प्रतिशत मतगणना हुँदासम्म बाइडेनका पक्षमा ४६  दशमलव ३ प्रतिशत मत मात्रै खसेको छ । ट्रम्पका पक्षमा ५१ दशमलव २ प्रतिशत मत खसेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप