आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्वीटर नियन्त्रण बाहिर गयो: डोनाल्ड ट्रम्प

शुक्रबार, २१ कात्तिक २०७७, २३ : २९
शुक्रबार, २१ कात्तिक २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् । उनले गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उनी हिजोदेखि नै रुष्ट बनेका छन् ।

उनले उक्त सामाजिक सञ्जाल आफ्ना विरुद्धमा गएको र नियन्त्रणभन्दा बाहिर भएको भन्दै निर्वाचन धाँधली भएको र यदि यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्न दाबी गरेका हुन् । उनले भने– ‘यो ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको छ र यदि मलाई प्राप्त भएका वैध मतहरु मात्र गनियो भने पनि मैले निर्वाचन सजिलै जित्नेछु ।’ अवैध मत गनेर आफ्ना प्रत्यासी जोन बाइडेनलाई जिताउने प्रयत्न भएको आरोप उनले लगाएका छन् । त्यसैले उनले ती राज्यहरुका मतगणनाहरु रोक्नुपर्ने बताएका छन् । 

उनले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेका छन् । यसै विवादसँग सम्बन्धित कतिपय उनले गरेका ट्वीटहरु ट्वीटरले नदेखिने बनाएको बताइएको छ ।  बिहीबार नै राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाकमार्फत गरिएको मतदान एकतर्फी भएको दावी गरेका थिए ।

उनले हाल मतगणना जारी रहेका राज्यमा मत गणना गर्न रोक्नुपर्ने बताएका हुन् । यहाँ धेरै अवैध मतदान भएको भन्दै उनले मतदानअघि सञ्चार माध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिए । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप