सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कालिन्चोक मन्दिर दर्शन तथा पूजापाठ गर्न रोक

शनिबार, २२ कात्तिक २०७७, २२ : २६
शनिबार, २२ कात्तिक २०७७

चरिकोट । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।  दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसका कारण देखाउँदै  सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पूजापाठ गर्नका लागि बन्द गरिएको जनाएको छ ।

लकडाउनका कारण लामो समयदेखि बन्द  पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक आंशिक रुपमा जान थालेको र कालिन्चोक कुरी बजार क्षेत्रका केही होटल सञ्चालनमा आउन थालेका छन् । 

सूचनाको अभावका कारण कतिपय भक्तजन दर्शन गर्न आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना प्रकाशन गरी उक्त क्षेत्रमा नजान  निर्देशन गरेको छ ।  कालिन्चोक गाउँपालिकाको कुरी बजारमा रहेको प्रहरी चौकीभन्दा माथि घ्याङ्डाँडाबाट माथि टुटयानबाट आउनेलाई तेस्रो बाटोभन्दा माथि जानका लागि पूर्ण रुपमा बन्द गरिएको छ । कोही कसैले अटेर गरी गएमा सङ्क्रमण रोग ऐनअनुसार कार्वाही गरिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप