सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी हुने प्रोजेक्सन

शनिबार, २२ कात्तिक २०७७, २२ : ४१
शनिबार, २२ कात्तिक २०७७

एजेन्सी । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । यद्यपि, औपचारिक नतिजा आइसकेको छैन ।

पेन्सिलभेनियामा विजयी हुनुको अर्थ बाइडेनको पक्षमा कम्तिमा २ सय ७३ इलेक्टोरल मत आउनु हो । राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत भए पुुग्छ । पछिल्लो परिणामअनुसार नेभादा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप