आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पले लेखे–‘यो चुनाव मैले धेरैले जितें !’

शनिबार, २२ कात्तिक २०७७, २३ : २८
शनिबार, २२ कात्तिक २०७७

एजेन्सी । अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन विजयी हुने पक्कापक्की भएको छ । अधिकांश सञ्चारमाध्यमहरुले उनी विजयी भइसकेको प्रोजेक्सन गरेका छन् । तर, बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प यो हार स्वीकार्न तयार छैनन् ।  उनले यसअघि चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका थिए ।

पेन्सिलभेनिया राज्यमा बाइडेन विजयी हुने पक्का हुनभन्दा केही समयअघि मात्रै ट्वीटरमार्फत ट्रम्पले पराजय नस्विकार्ने संकेत गरेका छन् । उनले लेखेका छन्, ‘यो चुनाव मैले धेरैले जितें !’ यसअघि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै शृंखलावद्ध रुपमा चारवटा ट्वीट गरेका थिए । तर, ट्वीटरले उनका ट्वीट ‘भ्रामक र विवादीत हुनसक्ने’ भन्दै सावधानी सन्देश राखेर त्यसलाई रि–ट्वीट वा लाइक गर्न नमिल्ने बनाइदिएको थियो । 

ट्रम्पका शृंखलावद्ध ट्वीटहरुमा यस्तो आशय उल्लेख थियो–  
निर्वाचनको दिन मंगलबार (स्थानीय समयअनुसार) राति ८ बजेपछि दशौं लाख मतहरु अवैध रुपमा प्राप्त भयो । जसकारण, पेन्सिलभेनिया र अन्य केही साँघुरो मतान्तर भएका राज्यमा नतिजाहरु  पूर्णत र सहजै परिवर्तन भइरहेका छन् । अर्को कुरा, सयौं हजार मतहरुलाई अवैध रुपमा पर्यवेक्षण गर्ने अनुमति दिइएन । ती घण्टाहरुमा खराब कुराहरु भए, जहाँ वैध पारदर्शीतालाई कठोर रुपमा अनुमति दिइएन । 
बन्द गरिएका ढोका र झ्यालहरु मसिनो कार्डबोर्डले घेरिएको थियो, जसकारण मतगणना भइरहेका कोठाहरु पर्यवेक्षकहरुले हेर्न पाउँदैन थिए । 
भित्र खराब कुराहरु भए । ठूलो परिवर्तन भयो । 
यसले धेरै स्थानमा निर्वाचन नतिजा परिर्वतन गर्नसक्छ, पेन्सिलभेनियामा पनि, जहाँ सबैले निर्वाचनकै रात सहजै जितिएको सोचेका थिए, त्यहाँ केवल ठूलो अग्रता गायब भएको देखिएको छ । लामो समय कसैलाई नतिजा हेर्न नदिाँदा के भयो  ?
मानिसहरु ठूलो स्वरमा ‘मतगणना बन्द गरौं’ भनिहेका थिए र हामीले पारदर्शीता माग गरेका थियौं । (वैध पर्यवेक्षकहरुलाई गणनास्थलमा जान दिइएन ।)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप