सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाको  ४६ औं राष्ट्रपतिमा जो बाइडेन विजयी

शनिबार, २२ कात्तिक २०७७, २३ : ४२
शनिबार, २२ कात्तिक २०७७

एजेन्सी । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका छन् । बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ ।

पेन्सिलभेनियामा विजयी हुनुको अर्थ बाइडेनको पक्षमा २ सय ७३ इलेक्टोरल मत आउनु हो । अमेरिकी राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत भए पुग्छ । बाइडेनका निकटतम प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा भने २१४ इलेक्ट्रोरल मत प्राप्त भएको छ ।  पछिल्लो परिणामअनुसार नेभादा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप