सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमानः तीन दिनसम्म कस्तो रहला ?

आइतबार, २३ कात्तिक २०७७, ०७ : ४५
आइतबार, २३ कात्तिक २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्मको मौसमको अवस्थाबारे पूर्वानुमान गरेको छ । 

महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।

भने, हाल पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ  ।

आज राति प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ  ।

यसैगरी, सोमबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ  । 

साथै, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

मंगलबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप