बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फोक्सोलाई सफा गर्ने यी ९ चिज, थाहा पाउनुहोस् शरीरका लागि कति फाइदाजनक

आइतबार, २३ कात्तिक २०७७, १३ : ४०
आइतबार, २३ कात्तिक २०७७

हावामा रहेको प्रदुषणले कोरोना संक्रमण फैलने दर तीब्र हुनसक्ने विज्ञले चेतावनी दिएका छन् किनभने वायु प्रदुषणका कारण हाच्छिउँ गर्ने र खोक्ने व्यक्तिहरुको संख्यामा वृद्धि हुन्छ ।  स्वास्थ्य अधिकारीका अनुसार रोग र प्रदुषणको दोहोरो मारका कारण फोक्सोमा नकारात्मक असर परिरहेको छ । त्यसैले यो सफा गर्न निकै आवश्यक छ । आउनुहोस्, यहाँ हामी फोक्सो सफा गर्ने तरिकाबारे जानकारी लिऔंः

१. अदुवाको चियाः

अदुवा चियामा हुने एन्टी इन्फ्लेमेटरी तत्वले श्वास नलीमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न निकै सहयोग गर्छ । साथै, यसमा पोटाशियम, म्याग्नेसियम, जिंक र बिटा क्यारोटिनजस्ता औषधीय तत्व पनि पाइन्छ । एक शोधका अनुसार अदुवामा क्यान्सर सेल नष्ट गर्ने क्षमता हुन्छ । फोक्सोको सफाईका लागि नियमित रुपमा अदुवाको चिया पिउनुहोस् ।

२. दालचीनी चियाः

फोक्सोसँग सम्बन्धि समस्या टाढा राख्न दालचीनी चिया पनि निकै उपयोगी हुन्छ । रोमन साम्राज्यमा यसको प्रयोग पाचन र श्वासप्रस्वास नलीको उपचारका लागि गर्ने गरिन्थ्यो । एक गिलास पानीमा थोरै दालचीनी राखेर पानी आधा नघटेसम्म उमालिरहनेछ । र त्यो पानी पिउँदा फोक्सो राम्रोसँग सफा हुनसक्छ ।

३. बाफः

फोक्सोको सफाईका लागि स्टीम थेरपी सबैभन्दा राम्रो र सहज उपाय हो । पानीको बाफले बन्द भएको एयर प्यासेज खोल्नुका साथै फोक्सोको खकार पनि निकाल्ने काम गर्छ । चिसो मौसममा त यो थप फाइदाजनक हुन्छ । बाफले निकै कम समयमा सासको समस्याबाट राहत दिनसक्छ ।

४. प्राणायमः

दैनिक नियमित रुपमा प्राणायम गर्दा फोक्सोको एयर प्यासेजका लागि राम्रो मानिन्छ । यसो गर्दा छातीमा खकार पनि जम्न दिँदैन । फोक्सोलाई आफ्नो क्रिया गर्न निकै सहयोग गर्दछ ।

५. ओखरः

अमेरिकन कलेज अफ न्यूट्रिशनद्वारा प्रकाशित एक जर्नलका अनुसार ओखरमा भरपुर मात्रामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । फोक्सोका लागि यो निकै फाइदाजनक चीज हो । आफ्नो खानामा दैनिक एक मुठ्ठी ओखर समावेश गर्दा तपाईंले फोक्सोको समस्याबाट राहत पाउन सक्नुहुन्छ । यसले सासको समस्या अर्थात् दममा पनि फाइदा पुर्याउँछ ।

६. साल्मन माछाः

जुन माछामा बोसोको मात्रा धेरै हुन्छ त्यसको सेवन फोक्सोका लागि लाभकारी हुन्छ । यसमा पर्याप्त मात्रामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । ओमेगा–थ्री फ्याटी एसिडका लागि साल्मन माछा सबैभन्दा राम्रो विकल्प हो ।

७. गेडागुडीः

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार गेडागुडीको सेवन फोक्सोका लागि निकै फाइदाजनक हुन्छ । गेडागुडीमा शरीरमा लागि आवश्यक हरेक प्रकारको न्यूट्रिशन पनि पाइन्छ त्यसैले यसलाई खानामा समावेश गर्न नबिर्सिनुहोस् ।

८. स्याउः

स्वस्थ फोक्सोका लागि दैनिक एउटा स्याउ खानुहोस् । यसमा भएको भिटामिनले फोक्सोलाई स्वस्थ बनाइराख्छ । एक शोधका अनुसार फोक्सोको स्वास्थ्यका लागि भिटामिन ई, भिटामिन सी, बिटा क्यारोटिन र अमिलो फलफूल राम्रो मानिन्छ । स्याउमा यी सबै पोषक तत्व छन् ।

९. आरुः

आरुमा भएको भिटामिन ए फोक्सोका लागि निकै फाइदाजनक छ । यसमा भएको गुणकारी पोषक तत्व फोक्सोमा हुने संक्रमणको खतरालाई पनि कम गर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप