मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्वतारोहणमा जाने नेपाली पर्वतारोहीले अनिवार्य बीमा गर्नुपर्ने

आइतबार, २३ कात्तिक २०७७, १४ : ३६
आइतबार, २३ कात्तिक २०७७

पर्वतारोहणमा जाने नेपाली पर्वतारोहीले अनिवार्य बीमा गर्नुपर्ने भएको छ । नेपालीसँगै नेपालमा पर्वतारोहणका लागि आउने विदेशी पर्यटकले पनि बीमा गर्नुपर्नेछ । नेपाल पर्वतारोहण संघले सार्वजनिक सूचना जारी गर्दै  हिमाल आरोहण गर्न जाने नेपाली आरोही र पथप्रदर्शकले समेत अनिवार्य १५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराउनु पर्ने भनेको छ । 

संघले आफ्ना मातहतमा रहेका विभिन्न २७ वटा हिमाल आरोहण गर्न उक्त रकम बराबरको बीमा अनिवार्य गर्न र सोही अनुसारको कागजात पेश गर्नुपर्ने समेत जनाएको छ  ।
संघ अन्तर्गतका हिमाल आरोहण गर्न अनुमति माग्ने सबैले सरकारले तोकेअनुसारको दुर्घटना बीमा बाहेक थप ४ लाख रुपैयाँको औषधिउपचार बीमा र १० हजार डलर (करीब ११ लाख ९३ हजार रुपैयाँ) को हेलिकप्टर उद्धार बीमा समेत गर्नुपर्ने छ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप