मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्लियर टीभीमा दुई सयभन्दा बढी च्यानल समावेश

बुधबार, ०७ असार २०७४, १४ : १७
बुधबार, ०७ असार २०७४


काठमाडौं–नेपालको एक अग्रणी इन्टरनेट नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले क्लियर टीभी सेवामा दुई सयभन्दा बढी एचडी तथा डिजिटल च्यानलहरु समाबेस गरेको छ । यो नेपालकै सबै भन्दाबढी एचडी तथा डिजिटल च्यानल प्रदान गर्ने कम्पनी रहेको छ ।  


बिभिन्न विधामा खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली अन्तर्गत पर्ने दुई सय भन्दाबढी एचडी तथा डिजिटलले बिभिन्न प्रकारका दर्शक तथा ग्राहकको आवश्यकता र अपेक्षा पुर्ति गर्ने कम्पनीको विश्वासे छ । हाल क्लियर टिभी सेवामा ५० भन्दाबढी एचडी र एक सय ५० भन्दाबढी एसडी च्यानल छन् ।


क्लिय टिभी सेवामा वेसिक र प्रिमियम गरी दुई प्याकेजहरु छन् र यी प्याकेजहरु प्रति महिना न्युनतम ५ सय  र ७ सयमा उपलब्ध छन् । कम्पनीले ग्राहकका लागि केवल २ हजार ९ सय ९९ रुपैयाँको प्याकेज प्रस्तुत गरेको जनाएको छ । जसमा ग्राहकले सेटअफ वक्स साथै २ महिनाको प्रिमियम प्याकेज र जडान सेवा प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप