आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्तर कोरिया र किम जोङ–उनप्रति बाइडेनको व्यवहार कस्तो रहला ?

सोमबार, २४ कात्तिक २०७७, ०६ : ४४
सोमबार, २४ कात्तिक २०७७

जबदेखि डेमोक्रेटिक पार्टीले जो बाइडेनको नाम आफ्नो राष्ट्रपति पदका उम्मद्वारको रुपमा फाइनल गर्यो तबदेखि राजनीतिक विशेषज्ञले ‘यदि बाइडेन अमेरिकाका राष्ट्रपति बने डेमोक्रेट सरकारको विदेश नीति डोनल्ड ट्रम्प प्रशासनभन्दा कति भिन्न होला’ भन्ने विषयमा चर्चा गरिरहेका छन् ।

अमेरिकाको विदेश नीति एउटा यस्तो विषय हो जसबारे कुरा उठ्दा उत्तर कोरियासँग अमेरिकाको सम्बन्धबारे कुरा पक्कै पनि हुन्छ ।

ट्रम्पको कार्यकालमा अमेरिकाको उत्तर कोरियासँग बन्ने र बिग्रने अवस्थामा रह्यो । एकपटक यस्तो समय पनि आयो जब ट्रम्पले उत्तर कोरियालाई ‘यदि सुध्रिएनौ भने नतिजा भोग्नका लागि तयार होऔ’ भनेर धम्काए पनि ।

तर केही हप्तापछि नाटकीय परिवर्तन भयो र ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई भेट गरे । यसले संसारभरी यो सन्देश दियो कि उत्तर कोरिया र अमेरिकाबीच हाल सबै सामान्य छ ।

ट्रम्प प्रशासनले पनि यसलाई आफ्नो कुटनीतिक जीत बताउँदै उत्तर कोरियासँग सम्बन्धमा यस्तो सुधार उनको कार्यकालको ठूलो उपलब्धि भएको बयान दियो ।

तर बाइडेन किम जोङ–उनलाई ‘ठग’ भन्छन् । राष्ट्रपति चुनावको बहसमा पनि उनले यहि सम्बोधनले किमको कुरा उठाए ।

यो हेर्दा लाग्छ कि जो बाइडेन उत्तर कोरिया र किम जोङ–उनको विषयमा थोरै सतर्क रहनेछन् ।

राष्ट्रपति चुनावको बहसमा डोनल्ड ट्रम्पले भनेका थिए, ‘बराक ओबामासँग जब मेरो कुराकानी भएको थियो, जुन एक लामो कुराकानी थियो, त्यतिबेला उनले उत्तर कोरिया हाम्रो लागि चिन्ताको सबैभन्दा ठूलो विषय भएको र हामीले उनीहरुसँग युद्ध गर्नुपर्ने स्थिती पनि निम्तिन सक्ने साथै युद्ध भएको खण्डमा त्यो एक परमाणु युद्ध हुने बताएका थिए । म राष्ट्रपति बनेपछि उत्तर कोरियासँग हाम्रो सम्बन्ध राम्रो भयो र युद्धको कुनै सम्भावना रहेन ।’

ट्रम्पले भनेका थिए, ‘किम जोङसँग मेरो सम्बन्ध सुमधुर छ । उनी थोरै भिन्न किसिमका मानिस हुन् तर राम्रा छन् । सायद उनले पनि मेरा बारे यहि सोच्छन् होला ।’

यसको जवाफमा जो बाइडेनले भनेका थिए, ‘जुन सम्बन्धको ट्रम्पले कुरा गरिरहेका छन्, त्यो एक यस्ता व्यक्तिसँगको हो, जो एक ठग हुन् । उनले यसो भन्नुको अर्थ के हो भने ट्रम्पलाई किम जोङ–उन  र उत्तर कोरियाको परमाणु मिसाइलको खतरा महसुस हुन्छ । उनलाई लाग्छ कि उत्तर कोरियाको परमाणु हतियार अमेरिकाको धर्तीमा छुन सक्छ ।’

यसबारे एक दक्षिण कोरियाली अनुुसन्धाता पार्क वान–गोनले समाचार एजेन्सी योनहापसँगको कुराकानीमा भने, ‘बाइडेन उत्तर कोरियाको मामिलामा पुनः एक पारम्परिक दृष्टिकोण ल्याउने कोसिस गर्नेछन्, यस्तो सम्भावना प्रबल छ । उनी कुराकानीलाई अघि बढाउनका लागि केही शर्त पनि राख्न सक्छन् जसमा परमाणु कार्यक्रमलाई पूर्ण रुपमा बन्द गरेर देखाउनु एक जरुरी शर्त हुनसक्छ ।’

तर केही विश्लेषकले बाइडेन अमेरिकाको तर्फबाट बराक ओबामाको ‘रणनीतिक धैर्य’ युक्त नीति पनि लागू गर्नसक्ने मान्यता राख्छन् । यसलाई धेरै मानिसहरुले ‘रणनीतिक अज्ञानता’ वा ‘रणनीतिक कोमा’ को रुपमा बुझ्ने गर्छन् ।

उनका एक सल्लाहकारले भनेका छन्, ‘जो बाइडेन किम जोङ उनलाई त्यतिबेला मात्रै भेट्न इच्छुक हुनेछन् यदि उनी डेमोक्रेटिक पार्टीको परमाणु कार्यक्रम बन्द गराउने उद्देश्यको पालना गर्नेछन् । तर जो बाइडन उत्तर कोरिया र किम जोङ–उनसँग आफ्नो सम्बन्ध त्यसरी अघि बढाउने छैनन् जसरी डोनल्ड ट्रम्पले अघि बढाए ।’

सेन्टर फर नेशनल इन्टरेस्टमा कोरियन स्टडीजका निर्देशक ह्यारी जे काजियानिसले एक समाचार नेटवर्कसँगको कुराकानीमा भने, ‘डोनल्ड ट्रम्प जाँदा हामी सर्वोच्च नेता किम जोङ–उन र उनीहरुबीचको सम्बन्धको केमेस्ट्री गुमाउनेछौं । यद्यपि, यो कुरा धेरैलाई मन पर्दैन तर ट्रम्प र किम जोङ–उनबीचको मित्रवत् सम्बन्धले केही फाइदा पनि भएका थिए ।’

सन् २०१९ मा उत्तर कोरियाको सरकारी मिडियाले जो बाइडेनले किम जोङ–उनमाथि लगाएको आरोपको निन्दा गरेका थिए र उनीमाथि अपशब्द पनि प्रयोग गरेका थिए ।

यद्यपि, अब उनले यस्तो प्रकारको भाषाको प्रयोग गर्ने सम्भावना निकै कम छ ।

अमेरिकाको राष्ट्रपति चुनावमा जो बाइडेनको जीतमा उत्तर कोरियाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । –बीबीसी मोनिटरिङ


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप