सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

सोमबार, २४ कात्तिक २०७७, ०७ : ५४
सोमबार, २४ कात्तिक २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणाली छैन ।

महाशाखाले हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ । 

यसैगरी, महाशाखाले सोमबार दिउँसो देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

सोमबार राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ  । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

यस्तै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप