राजेशपायलले निलमसँग गाए ‘पूर्वै शहर’
सोमबार, २४ कात्तिक २०७७, ११ : ३६
काठमाडौं – लोकप्रिय गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वर रहेको गीत ‘पूर्वै शहर’ सार्वजनिक भएको छ । निलमकै संगीत रहेको गीतमा शब्द चाम्लिङ राईका रहेका छन् ।
प्रवासमा बसेर आफ्नो जन्मभूमि धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथा भिडियोमा बुनिएको छ । भिडियोको निर्देशन शन्त कुमार राईले गरेका हुन् ।
सन्तोष राई र सलिना थापा मगरको अभिनय रहेको भिडियोमा सरु राना गुरुङको कोरियोग्राफी रहेको छ । बेलायतका मुख्य पर्यटकीय स्थलहरुमा छायांकन गरिएको भिडियो सुमन श्रेष्ठले छायाँकन गरेका हुन् ।
भिडियो: