बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तिहारका लागि धमाधम बन्दै माटाका पाला, यसवर्ष खस्कियो व्यापार (फोटोफिचर)

सोमबार, २४ कात्तिक २०७७, १२ : ११
सोमबार, २४ कात्तिक २०७७

दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पालादेखि अन्य भाँडाहरु बनाउन यतिबेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याइ छ । तर यसवर्ष कोभिडको कारण माटाका भाँडाको व्यापारमा असर परेको छ । यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन् । 

दीपावलीको समय नजिकिँदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पालासहित माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको हो । अन्य समयमा माटाका भाँडाहरु फाटफुट विक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै विक्री हुने गरेको छ । तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बबताए । उनले गत वर्ष दैनिक तीन÷चार हजारको संख्यामा बिक्री हुने गरेकोमा अहिले आधा भन्दा कम मात्रै विक्री हुने गरेको बताए । 

तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ । तर यसपटक कोभिडका कारण माग घटेको छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताए । भुक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो । माटो नपाएकै कारण अवको आठ÷दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ ।

प्रजापति समुदायले अगाल्दै आएको यो पेशा निकै पुरानो हो ।

तस्बिरहरु : कृष्ण खड्का र सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप