सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

सोमबार, २४ कात्तिक २०७७, १४ : ०१
सोमबार, २४ कात्तिक २०७७

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ४५ हजार ९ सय ३ जना कोरोना संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोही समयवधिमा ४९० जनाको मृत्यु भएको छ । योसहित भारतमा कुल संक्रमितहरुको संख्या ८५ लाख ५३ हजार ६ सय ५७ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या १ लाख २६ हजार ६११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट निको भएर घर फर्किनेहरुको संख्या ४८ हजार, ४०५ रहेको छ । योसहित निको भएर फर्किनेहरुको संख्या ७९ लाख १७ हजार ३ सय ७३ पुगेको छ । भारतमा अहिले संक्रिय संक्रमितहरुको संख्या ५ लाख ९ हजार ६ सय ७३ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप