बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नोबेलका विद्यार्थीलाई पीपीई प्रदान

सोमबार, २४ कात्तिक २०७७, १८ : १५
सोमबार, २४ कात्तिक २०७७

बिराटनगर । नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टर (इन्टर्न) लाई पीपीईसहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । कलेजमा एमबीबीएस अध्ययनका क्रममा इन्टर्नसिप गर्दै आएका ९० जनालाई सोसाईटीले पीपीई, मास्क, फेससिल्ड, सेनिटाईजर लगायत स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो ।

सोसाइटीले कलेजमा आयोजना गरेको कार्यक्रममा प्राचार्य डा.रामहरी घिमिरे, नेपाल मेडिकल एसोशिएसनका कोशी अञ्चल अध्यक्ष डा.फरवार्ड सिलवाल, सोसाईटीका कार्यक्रम व्यवस्थापक सबिन रेग्मी लगायतले सामाग्री हस्तान्तरण गरेका छन् । कोरोनाको महामारीका बेला उपचारको अग्रमोर्चामा खटिरहेका इन्टर्नहरुलाई सुरक्षित राख्न सामाग्री प्रदान गरिएको सोसाईटीका कार्यक्रम संयोजक राजेश शर्मा पौडेलले जानकारी दिए ।

सोसाइटीले हालसम्म काठमाडौं मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायत ८ वटा कलेजमा कार्यरत करिब ६ सय इन्टर्नहरुलाई सामाग्री  प्रदान गरिसकेको छ । ताईवानस्थित चुजी फाउण्डेशनको सहयोगमा सामाग्री प्रदान गर्दै आएको सोसाईटीले देशभरका १४ मेडिकल कलेजका करिब ९ सय इन्टर्नलाई सामाग्री प्रदान गर्ने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप