सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हतियार देखाएर लुटपाट गर्ने समूह पक्राउ, पेस्तोल, गोली र म्याग्जिन बरामद

सोमबार, २४ कात्तिक २०७७, १८ : २२
सोमबार, २४ कात्तिक २०७७

काठमाडौँ । सोमबार हतियार देखाएर लुटपाटमा संलग्न तीन जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिकाका केदार विष्ट, सोही नगरपालिकाकै पारसमणि जोशी र कृष्णपुर नगरपालिकाका दीपक भट्ट रहेका छन् ।

गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई हतियार देखाएर रकम लुट्ने समूहलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) मुकुन्द महासिनीले जानकारी दिए ।

उनीहरुले त्यतिबेला तीन लाख रुपैयाँ लुटेको अनुसन्धानबाट खुलेको एसपी मरासिनीले बताए । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले शनिबार बेलुका एकथान सेमि अटोमेटिक पेस्तोल र म्याग्जिनसहित बरामद गरेको छ ।

आफूहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा आएको भन्दै पेस्तोल देखाएर लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै प्रहरीले घटनास्थलबाट एकथान म्याग्जिन र दुई राउन्ड गोली समेत बरामद गरेको छ ।

पक्राउ परेका केदार विष्टको घरबाट ‘टाइप–२४’ जस्तो देखिने म्याग्जिनबिनाको पेस्तोल पनि भेटिएको छ । लुटपाटमा प्रयोग गरिनेएउटा मोटरसाइकल र लुटिएको चारवटा मोबाइलसमेत बरामद भएको एसपी मरासिनीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप