सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रीहरुको एक वर्षको ५० प्रतिशत तलब कोरोना कोषमा हाल्ने निर्णय

सोमबार, २४ कात्तिक २०७७, २२ : ३३
सोमबार, २४ कात्तिक २०७७

काठमाडौं । सरकारले मन्त्रीहरुको यो वर्षभरिको तलबको ५० प्रतिशत तलब कोरोना कोषमा हाल्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले बंगलादेशसँग मल किन्ने निर्णय समेत गरेको छ ।

बंगलादेशसँग यसअघि रासायनिक मल पैंचो ल्याउने तयारी गरिएपनि त्यो सम्भव नभएपछि खरिद गरेर ल्याउने निर्णय बैठकले गरेको हो । त्यसैगरी बैठकले कोरोना भ्याक्सिन बनाउने मुलुकहरुसँग छलफल गरेर भ्याक्सिन ल्याउने प्रक्रियालाई अघि बढाउने निर्णय समेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप