सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय

सोमबार, २४ कात्तिक २०७७, २३ : ०१
सोमबार, २४ कात्तिक २०७७

काठमाडौं । सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो अघिल्लो निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई सच्याएको हो ।

सर्वोच्च अदालतले गत असोज १५ गते कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । अदालतले केही दिनअघि सरकारले दिएको निवेदन समेत खारेज गरेको थियो । सर्वोच्चले सो निर्णय गरेको केही दिन नबित्दै सरकारले निर्णय सच्याएको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप