सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युवराज खतिवडाले पुस्तकमा लगाएको कर हट्यो

सोमबार, २४ कात्तिक २०७७, २३ : ५९
सोमबार, २४ कात्तिक २०७७

काठमाडौं । सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए । तर सो निर्णयको विरोध हुँदै आएकोमा अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर हटाउने निर्णय गरेको एक मन्त्रीले बताए । 

यसैगरी कोरोनाभाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य र  परराष्ट्र सचिव सम्मिलित एक समिति गठन गरिएको ती मन्त्रीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप