मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तनहुँमा एकै दिन पक्राउ परे ३० फरार प्रतिवादी

मङ्गलबार, २५ कात्तिक २०७७, ०८ : १७
मङ्गलबार, २५ कात्तिक २०७७

जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु दुई लाख ५० हजार जरिवान फैसला गरेको थियो । अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए। 

त्यसैगरी कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका छ, कुटपिट मुद्दाका छ, विसं २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुई र चोरी मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

त्यस्तै लुटपाट मुद्दामा एक, जालसाजी मुद्दामा एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका एक र गाली बेइज्जती मुद्दाका दुई गरी जम्मा ३० जनालाई पक्राउ गरिएको प्रनाउ तिमिल्सेनाले जानकारी दिए ।  

पक्राउ परेकाबाट हुन आउने कैद एक महिना १८ दिन र जरिवाना रु तीन लाख ३७ लाख ९५० जरिवाना असुल भएको छ । उक्त कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप