आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एउटै अस्पतालमा कोभिड र नन्–कोभिड बिरामीको उपचार गर्न थालेपछि संक्रमणको जोखिम बढ्यो

ओपीडी सेवा पूर्णरुपमा खुले पनि अस्पताल आउँदैनन् बिरामी
मङ्गलबार, २५ कात्तिक २०७७, ०९ : १९
मङ्गलबार, २५ कात्तिक २०७७

 

 

 

काठमाडौं । नेपालमा कोरोना महामारी फैलन सुरु भएपछि उपत्यकाका अधिकांश अस्पतालको ओपीडी सेवा ठप्पजस्तै भयो । सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्न भन्दै लकडाउन जारी गरेपछि अधिकांश निजी तथा सरकारी अस्पतालले ओपीडी सेवा बन्द गरे ।

सरकारले पछिल्लो समय सबै अस्पताललाई कोभिड—१९ का  बिरामीको उपचार गर्न निर्देशन दिएपछि ओपीडीमा सेवा लिनेको संख्या न्यून छ ।

कोभिड र नन्–कोभिडको उपचार एउटै अस्पतालमा हुन थालेपछि तत्काल उपचार गर्नुपर्ने बाहेक अन्य बिरामी अस्पताल जान हिचकिचाउने गरेका छन् । कोभिड र नन्–कोभिडका बिरामीको उपचार एकै ठाउँमा हुन थालेपछि अस्पताल पुग्ने बिरामीको संख्या न्यून भएको छ ।

दुवैथरी बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा अस्पताल, स्वास्थ्यकर्मी र कर्मचारी मारमा पर्दै आएका छन् । ओपीडीमा बिरामीहरुको संख्या न्यून हुँदा अस्पतालको आयमा असर गरेको छ भने अस्पतालहरुले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब, सुरक्षात्मक सामग्री र भत्ता उपलब्ध नगराउदा कतिपय अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलित भएका छन् ।

संक्रमण फैलन सुरु भएपछि धेरै अस्पतालले ओपीडी सेवा हटाए तर ललितपुरस्थित पाटन अस्पतालले निरन्तर यो सेवा जारी राख्यो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महामारीभन्दा अघि ओपीडीमा उपचार गराउन दैनिक दुई हजार बिरामी भर्ना हुन्थे भने अहिले दैनिक करिब साढे ५ सय बिरामी आउने गरेको निर्देशक डाक्टर रवी शाक्यले बताए ।

संक्रमण फैलन सुरु भएपछि धेरै अस्पतालले ओपीडी सेवा हटाए तर ललितपुरस्थित पाटन अस्पतालले निरन्तर यो सेवा जारी राख्यो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महामारीभन्दा अघि ओपीडीमा उपचार गराउन दैनिक दुई हजार बिरामी भर्ना हुन्थे भने अहिले दैनिक करिब साढे ५ सय बिरामी आउने गरेको निर्देशक डाक्टर रवी शाक्यले बताए ।

नेपालमा कोभिड–१९ का बिरामी देखिएलगत्तै पाटन अस्पतालाई संक्रमितको उपचारका लागि समेत प्रयोग गरियो । त्यसैले पनि पाटन अस्पतालको ओपीडीमा उपचार गर्न आउने बिरामीको संख्यामा कमी आएको निर्देशक डा.शाक्यको भनाइ छ ।

कोभिड—१९ को उपचार गर्न सुरु गरे पनि अस्पतालमा अन्य रोगको उपचारमा आएका कुनै पनि बिरामीलाई नफर्काएको निर्देशक डा. शाक्य बताउँछन् । साउनसम्म कोभिडबाहेक अन्य रोगका दैनिक २ सय बिरामी उपचारका लागि पाटन अस्पताल पुग्थे । भदौ र असोज महिनामा नन्–कोभिड बिरामीको संख्या बढे पनि चाडपर्वको समयमा भने ओपीडीमा उपचार गर्न आउनेको संख्या कम भएको छ ।

वीर अस्पतालमा कोभिड र नन्–कोभिडका बिरामीलाई छुट्टाछुट्टै भवनमा राखेर उपचार हुँदै आए पनि न्यून संख्यामा बिरामी भर्ना हुने गरेका छन् । लकडाउनको समयमा अतिआवश्यक बाहेक अन्य बिरामीलाई अस्पताल नजान सरकारले आग्रह गरेको थियो ।

नेपालकै जेठो वीर अस्पतालले पनि कोभिड र नन्–कोभिड बिरामीको उपचार गर्दै आएको छ । तर वीर अस्पतालले कोभिड—१९ बिरामीका उपचार वीरमै गरिरहेको छ भने नन्–कोभिडका बिरामीको उपचार भने राष्ट्रिय ट्रमा सेन्टरबाट गर्दै आएको छ ।

वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीकाअनुसार ओपीडीमा दैनिक ५ सयको हाराहारीमा मात्रै बिरामी आउने गरेका छन् । वीर अस्पतालमा महामारीभन्दा अघि दैनिक ३ हजार बिरामी ओपीडीमा भर्ना हुने गरेका थिए ।

वीर अस्पतालमा कोभिड र नन्–कोभिडका बिरामीलाई छुट्टाछुट्टै भवनमा राखेर उपचार हुँदै आए पनि न्यून संख्यामा बिरामी भर्ना हुने गरेका छन् । लकडाउनको समयमा अतिआवश्यक बाहेक अन्य बिरामीलाई अस्पताल नजान सरकारले आग्रह गरेको थियो ।

लकडाउनको समयमा अल्का अस्पतालको ओपीडी सेवा बन्दजस्तै थियो । हाल भने महामारी सुरु हुनु अघिको तुलनामा ४० प्रतिशत बिरामी आउने गरेको एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्ट्च्यिुसन  (अफिन) का वरिष्ठ उपाध्यक्ष तथा अल्का अस्पतालका अध्यक्ष कुमार थापाले बताए । ‘अस्पतालमा फलोअप र रुघाखोकीका बिरामी बढी आउँछन्,’ उनले भने, ‘दीर्घरोगी र अन्य रोगका बिरामी तुलनात्मक रुपमा कम आउँछन् ।’

सरकारले सबै अस्पताललाई अनिवार्य रुपमा कोभिड बिरामीको उपचार गर्न निर्देशन दिएपछि ओपीडीमा उपचार गराउन आउने बिरामीले कोरोनाको लक्षण आफूमा भए पनि लुकाउन खोज्ने गरेको एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्ट्च्यिुसन  (अफिन) का वरिष्ठ उपाध्यक्ष तथा अल्का अस्पतालका अध्यक्ष कुमार थापा बताउँछन् ।

सरकारले सबै अस्पताललाई अनिवार्य रुपमा कोभिड बिरामीको उपचार गर्न निर्देशन दिएपछि ओपीडीमा उपचार गराउन आउने बिरामीले कोरोनाको लक्षण आफूमा भए पनि लुकाउन खोज्ने गरेको उनी बताउँछन् । अल्का अस्पतालले कोभिड र नन्–कोभिडका बिरामीको उपचार तथा भर्ना छुट्टाछुट्टै व्यवस्था गरेको छ ।

‘ओपीडीमा भर्ना हुने बिरामी रुघाखोकी, ज्वरो आयो भन्दै अस्पताल आउँछन्,’ उनले भने, ‘उनीहरुलाई यात्रा इतिहास सोध्यो भने झुटो बोल्छन्, कोरोनाको जस्तै लक्षण देखेर सोधखोज गर्दा पनि ढाँट्छन्, त्यसपछि संक्रमणको लक्षण देखिएर कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आउँछ ।’

ओपीडीमा उपचार गराउन आउने प्रायः बिरामीलाई कोरोना पोजेटिभ देखिन थालेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षात्मक सामग्री लगाएर उपचारमा सहभागी गराएको उनले बताए ।

यता, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि ओपीडी सेवा खुला छ । महामारी अघिको तुलनामा सो अस्पतालको ओपीडीमा ३५ प्रतिशतमात्र बिरामी आउने गरेका छन् ।

पछिल्लो समय सरकारले सबै अस्पताललाई कोभिड—१९ का बिरामीको उपचार अनिवार्य गर्न निर्देशन दिएपछि अस्पताल र स्वास्थ्यकर्मीहरु पनि असुरक्षित हुन थालेकोे जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

नन्–कोभिड बिरामीको उपचार गर्नेलाई अस्पतालले पूर्ण रुपमा सुरक्षात्मक सामग्री उपलब्ध नगराउने र कतिपय बिरामीले कोरोनाको लक्षण लुकाएर ओपीडीमा उपचारका लागि आउने हुँदा सावधानी अपनाउँदा अपनाउँदै पनि धेरै स्वास्थ्यकर्मीलाई संक्रमण भएको जनस्वास्थ्यविद् बाबुराम मरासिनी बताउँछन् ।

नन्–कोभिड बिरामीको उपचार गर्नेलाई अस्पतालले पूर्ण रुपमा सुरक्षात्मक सामग्री उपलब्ध नगराउने र कतिपय बिरामीले कोरोनाको लक्षण लुकाएर ओपीडीमा उपचारका लागि आउने हुँदा सावधानी अपनाउँदा अपनाउँदै पनि धेरै स्वास्थ्यकर्मीलाई संक्रमण भएको जनस्वास्थ्यविद् बाबुराम मरासिनी बताउँछन् ।

अहिले अस्पतालको ओपीडी सेवामा न्यून संख्यामा बिरामी भर्ना हुनु भनेकै भविष्यमा बाल मृत्युदर, सुत्केरी मृत्युदरको तथ्यांक बढ्ने खतराका रुपमा उनले प्रस्ट्याए ।

कोरोनाभाइरस संक्रमण हुने त्रासले कतिपयले रोग लुकाएर घरमै बसिरहेको भन्दै उनले यसको असर भविष्यमा देखिने बताए । शहरी क्षेत्रमा कुपोषण नबढे पनि गाउँमा महामारीले गर्दा कुपोषण समेत बढेको हुन सक्ने उनको भनाइ छ ।

कोरोना महामारीका कारण अस्पतालमा आउनुपर्ने बिरामी नआउँदा निजी, सरकारी, सामुदायिक अस्पताललाई स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब, भत्ता खुवाउन धौधौ हुने अवस्था आएको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप