आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री बर्खास्त

मङ्गलबार, २५ कात्तिक २०७७, १३ : १७
मङ्गलबार, २५ कात्तिक २०७७

एजेन्सी  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन् । तर उनलाई हटाउनुको कारण भने उनले स्पष्ट पारेका छैनन्।  ट्रम्प र इस्पेरकाबीचमा पछिल्लो केही समयदेखि मतभेद रहेको थियो । गत जुनमा एकजना अश्वेत अमेरिकीको हत्या भएपछि चर्किएको आन्दोलनका क्रममा सेना परिचालन गर्ने की नगर्ने बारेमा उनीहरुका बीचमा मतभेद भएको हो । 

त्यतिबेला ट्रम्पले आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेपनि रक्षा मन्त्री इस्पेरले भने अस्वीकार गरेका थिए । त्यतिबेला नै उनलाई ट्रम्पले बर्खास्त गर्ने अनुमान गरिएपनि अहिले भने अनुमान गरिएको थिए ।  राष्ट्रपति ट्रम्पले इस्पेरलाई हटाएर खाली भएको रक्षामन्त्रीको पदमा नेस्नल काउन्टर टेरोरिजम सेन्टरका निर्देशक क्रिस्टोफर मिलरलाई जिम्मेवारी दिएका छन् ।

ट्रम्पले नवनियुक्त रक्षामन्त्री मिलरले राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै बर्खास्त रक्षा मन्त्री इस्पेयरलाई विगतको सेवाका लागि धन्यवाद दिएका छन् । बर्खास्त भएका इस्पेरले पनि राष्ट्रपति ट्रम्पप्रति धन्यवाद ज्ञापन गर्दै जिम्मेवारीमा रहँदा संविधान र सैनिक तथा सुरक्षाको मर्म अनुसार काम गर्ने प्रयत्न गरेको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप