बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

काग तिहारका दिन हाँस्य ब्यङ्गात्मक कार्यक्रम ‘आलु पाटी’गरिँदै

मङ्गलबार, २५ कात्तिक २०७७, २२ : ५८
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौं । बिगत ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको हाँस्य ब्यङ्गात्मक कार्यक्रम ‘आलु पार्टी’ यो वर्ष कोबिड महामारीका कारण अनलाइन माध्यमबाट गरिने भएको छ। बि.सं.२०३४ सालदेखि तत्कालीन चर्चित हाँस्य ब्यङ्गकार रामकुमार पाँडे, बासुदेव लुइँटेल, टेकबहादुर मुखिया, दाताराम शर्मा, बाशुदेव रिमाल ‘यात्री’ लगायतका साहित्यकारहरूको अगुवाइमा सुरु गरिएको यस कार्यक्रमलाई पहिलोपटक अनलाइन माध्यमबाट गरिन लागिएको हो।

आलुकै प्रतिमा बनाइ प्रतिकात्मक रुपमा विभिन्न उपमा दिइ आलुका परिकार सहित हाँस्य ब्यङ्गात्मक प्रस्तुतीहरूका साथ प्रत्येक वर्ष काग तिहारका दिन जावलाखेलस्थित पाँडे प्याराडाइजमा मानाइँदै आएको यस कार्यक्रमलाई यो वर्ष विभिन्न सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिने जनाइएको छ । कार्यक्रम सामाजिक सञ्जालमार्फत संसारभर एकैसाथ हेर्न र सुन्न सकिने आयोजक संस्था हाँस्यब्यङ्ग समाज नेपाल तथा नेपाल हाइकू केन्द्रका शिरोमणि दवाडीले जानकारी दिए ।

कार्यक्रमको प्रस्तुतकर्ता हाँस्यब्यङ्ग समाज नेपाल रहेको छ भने साहित्य सञ्चार नेपाल, नेपाल हाइकू केन्द्र, आध्यात्मिक पत्रकार समाज (आपस) ले सहकार्य गर्ने भएका छन् ।  कार्यक्रमका संस्थापक मध्येका एक वरिष्ठ हाँस्य ब्यङ्गकार रामकुमार पाँडेकाअनुसार  यसअघिका कार्यक्रममा प्रत्यक्ष उपस्थित हुने कलाकार र साहित्यकारको प्रस्तुती रहने गरेकोमा यस बर्ष अनलाइन (जुम) को माध्यमबाट संसारको कुनै पनि कुनाबाट सहभागी हुन इच्छुक प्रतिभाहरूले सहभागिता जनाउन सक्नेछन् ।

बिगतमा सहभागी हुँदै आएका कलाकारहरू शैलेन्द्र सिंखडा, दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, दमन रुपाखेती, डम्बर घिमिरे, घनश्याम गौतम, टेकबहादुर कोइराला तथा साहित्यकारहरू प्रा. रामकुमार पाँडे,डा. बमबहादुर जिताली, हृदयप्रसाद मिश्र, बाशुदेव गुरागाइँ, मित्रबन्धु पौडेल तथा कार्टुनिष्ट अशोकमान, अमिन श्रेष्ठ लगायत अन्य परिचित तथा नव प्रतिभाहरूको पनि प्रस्तुति रहने बताइएको छ।

कार्यक्रमले खित्का छोडेर हसाँउने मात्र नभइ राजनीतिक तथा सामाजिक बेथिति माथि  प्रतिकात्मक ब्यङ्ग प्रहार गर्ने हुँदा यस ऐतिहासिक कार्यक्रमको गरिमा बढेको र यस वर्ष पनि अझ विशेष र पृथक रहने नेपाल हाइकु केन्द्रका उपाध्यक्ष मित्रबन्धु पौडेलले जानकारी दिए। कार्यक्रम कात्तिक २८ गते काग तिहारका दिन दिउँसो ३ बजे आयोजना हुने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप