सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘विप्लव’को नाममा ३ करोड चन्दा माग्ने ४ जना पक्राउ

बुधबार, २६ कात्तिक २०७७, ०७ : ५६
बुधबार, २६ कात्तिक २०७७

 काठमाडौं । ‘विप्लव समूह’को नाममा काठमाडौंमा धम्क्याएर चन्दा माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् । ४२ बर्षिय आचार्य कानुन व्यवसायी हुन् ।

सो समूहले कन्सल्टेन्सी संचालकसँग ३ करोड चन्दा मागेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दिपक थापाले रातोपाटीलाई बताए । रामेछापको सुनापती घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’ विप्लव समूह रामेछापका पूर्व जिल्ला सेक्रेटरी हुन् । अहिले आफुले सो समूह परित्याग गरेको प्रहरीलाई बताएका छन् । कानुन व्यवसायी समेत रहेका ४२ वर्षीय नन्दुराज आचार्यले ‘विप्लव समुह हौं’ भनेर ३ करोड चन्दा नदिए कन्सल्टेन्सी संचालकलाई ‘दुई दिनमा सिध्याउने’ धम्कि दिएका थिए ।

 बिन्तोष सिलवाललाई नुवाकोटमा डोजर आगजनी गरेको मुद्दामा प्रहरीले यसअघि पनि पक्रेको थियो । यसअघि आफुहरु विप्लव समुहको कार्यकर्ता भएपनि अहिले सो समूह छाडेको प्रहरीलाई उनीहरुले साविती बयान दिएका छन् । उनीहरुलाई ‘आपराधिक लाभ’ लिन खोजेको मुद्धामा अदालतबाट ३ दिनको म्याद लिएर महानरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप