सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा ट्रकको ठक्करबाट मृत्युु हुने ३ जनाको सनाखत

बुधबार, २६ कात्तिक २०७७, ०९ : १७
बुधबार, २६ कात्तिक २०७७

दाङमा ट्रककले ठक्कर दिँदा घटनास्थलमै मृत्युु भएका मोटरसाइकलमा सवार ३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलिसकेको जानकारी दिएको हो ।

तर, प्रहरीले दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको र १८ बर्ष मुनिका तिन जना एउटै बाइकमा चढेको देखिएकाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।  

मंगलबार राती दाङको देउखुरीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमटियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

मंगलबार साँझ करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको खड्काले बताए । 

ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप