सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

४ किलो अफिम र चितुवाको छालासहित २ युवक पक्राउ

बुधबार, २६ कात्तिक २०७७, १३ : ०१
बुधबार, २६ कात्तिक २०७७

काठमाडौँ । प्रहरीले चितुवाको छाला र लागुऔषध अफिमसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय मधु डाँगी र प्यूठान नौवहिनी गाउँपालिका–५ बस्ने २७ वर्षीय धनसिंह टमटा रहेका छन् ।

दाङको घोरही उपमहानगरपालिका–८ बनगाउँस्थित चितुवाको छाला र लागुऔषध अफिमको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दले जानकारी दिए । ३ किलो ७५० ग्राम अफिम र पुच्छरसहितको चितुवाको छाला बरामद भएको एसपी चन्दले बताए ।

उनीहरूमाथि अवैध रूपमा लागुऔषध तथा वन्यजन्तुको छाला ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । चितुवाको लम्बाई ६ फिट ११ इन्च लामो रहेको र उनीहरुलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप