आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पको चलखेल– बाइडेनसमक्ष पुुग्न पाएन विश्व नेताहरुको बधाई सन्देश

बिहीबार, २७ कात्तिक २०७७, १७ : ५२
बिहीबार, २७ कात्तिक २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनिने तय भएपछि जो बाइडेनलाई विदेशका नेताहरुले पठाएको बधाई सन्देश उनले पढ्न पाएका छैनन्, यी सन्देशहरु अहिले अमेरिकी विदेश विभागमा अलपत्र छन् । विगतमा राष्ट्रपति परिवर्तन प्रक्रियाका दौरान निर्वाचित उम्मेदवारले विदेश विभागको स्रोतहरुमा पहुँच राख्न पाउँथें, सिएनएनका अनुसार नयाँ प्रशासन र विश्वका नेताहरुबीच राम्रो सम्पर्क र सञ्चार होस् भन्नका लागि यस्तो पहुँच दिने गरिएको थियो ।

यसपटक अवस्था फरक छ । बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकारेर बाइडेनलाई बधाई दिने छाँट देखाएका छैनन् । बरु, उनी धाँधली भएको भन्दै कानूनी लडाइँमा लागेका छन् । त्यसैले बाइडेन र उनको टिमले सरकारको समर्थन बिना नै विश्वका अन्य देशका नेतासँग आफ्नो सम्पर्क बढाउने कार्य  गरिरहेका छन् । ‘यद्यपी, उनीहरु विदेश विभागको स्रोत प्रयोग गर्न चाहन्छन,’ स्रोतले सिएनएनलाई भनेको छ । 

बाइडेनले यस अवधिमा जर्मन चान्सेलर एन्जेला मर्केल र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोसँग कुराकानी गरिसकेका छन् । बुधबार बाइडेनले कोरिया, जापान र अस्ट्रेलियाका नेताहरुसँग फोन सम्पर्क गरेका थिए । पूर्व राष्ट्रपति बाराक ओबामा कार्यकालमा ह्वाइट हाउसका चिफ अफ स्टाफ रहेका डेनिस म्याकडोनोउफले सत्ता परिवर्तनको प्रक्रियाका दौरान खासै गम्भिर कुराकानी नहुने बताए । ‘यस दौरानमा आउने सन्देशहरु विगतमा खुलेयाम रुपमा हस्तान्तरण गरिने गरिएको थियो । ती बधाईका सन्देशहरु हुन्,’ म्याक डोनोउफले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप