सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा एक दिनमै ३३ भन्दा हजार बढी संक्रमित

शुक्रबार, २८ कात्तिक २०७७, ०६ : १७
शुक्रबार, २८ कात्तिक २०७७

 बेलायतमा कोरोना संक्रमितको संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ  । पछिल्लो २४ घन्टामा ३३ हजार ४७० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । 
बुधबार संक्रमित संख्या २२ हजार ९५० रहेकोमा आज करिब दश हजार बढी अर्थात ४५.८ प्रतिशत  संक्रमित थपिएर संक्रमित संख्या एकैदिनमा ३३ हजार नाघेको हो । यो संख्या बेलायतमा महामारीपछिकै सबैभन्दा उच्च भएको स्वास्थ्य विभागले जनाएको छ  । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या  १२ लाख ९० हजार १९५ पुगेको छ  ।

इंग्ल्याण्डमा चार हप्ता लामो लकडाउन लागू गरेको एक हप्तापछि संक्रमितको संख्या अत्यधिक मात्रामा बढेको हो  । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले कम्तिमा डिसेम्बर २ तारिख सम्मका लागि इंग्ल्याण्डमा लकडाउन गरेको छ  ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ५६३  कोरोना संक्रमितको मृत्यु भएको छ  । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार  ९२८  पुगेको छ  । हिजो बुधबार बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको थियो । कोरोनाका कारण ५० हजार भन्दा बढी मृत्यु हुने युरिपियाँ मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ । यसैगरी  विश्वभर  सबै भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा रहेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ६६८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन्  भने एक हजार २६८ जनाको भेन्टिलेतर बेडमा उपचार भैरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ३० जनाको हस्पिटलमा उपचार भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप