सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ, यसरी तयार हुँदै थियो १ हजारको नोट

शुक्रबार, २८ कात्तिक २०७७, १२ : ५०
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार गोलबजार नगरपालिका–६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोटसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–१२ बस्ने २५ वर्षीय धिरज यादव, सञ्जय यादव र कल्याणपुर नगरपालिका–७ बस्ने २४ वर्षीय विम्लेन्द्रकुमार नायक रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट बरामद भएको रकम सबै हजारका नोट मात्रै छन् ।

गोलबजारमा रहेको सशस्त्र प्रहरी सुरक्षा वेशले विरेन्द्र महतोको घरमा विगत केही मिहनादेखि शंकास्पद गतिविधि बढ्न थालेको गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट एउटा ल्यापटप र मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषध कारोबारी हुनसक्ने आशंकाका साथ वेश क्याम्पका इन्चार्ज प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सोही स्थानमा पुग्दा १०४ तयारी जाली नोट र ५८० जाली नोट एफो साइजको कागजमा छपाई गरी कटिङका लागि तयारी अवस्थामा राखिएको थापाले बताए ।

बरामद जाली नोट, नोट छाप्ने मेसिन र उक्त कार्यक्रमा संलग्न ३ जनालाई कानुनी प्रक्रिया पूरा गरेर थप अनुसन्धानको लागि नजिकै रहेको नेपाल प्रहरीलाई बुझाइएको थापाले बताए । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप