सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुरमा कार दुर्घटना, चालकको मृत्यु

शुक्रबार, २८ कात्तिक २०७७, १३ : १४
शुक्रबार, २८ कात्तिक २०७७

जनकपुर । जनकपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मा बा २० प ६८३१ नम्बरको कार अनियन्त्रित भई पुलबाट नालामा खस्दा कार चालककै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाधामबाट जनकपुर आउने क्रममा कार दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्षीय चालक विजय शर्माको मृत्यु भएको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनले भने– ‘कार चालक नै कार धनी समेत रहेकाले कार चलाउने क्रममा प्राविधिक गडबडीले मोड्न नसकेपछि अनियन्त्रित भई पुलबाट तल नालामा खसेको अनुमान छ ।’ मृतक शर्माको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप