सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रोत नखुलेको ३ लाख रुपैयाँसहित १ किशोर पक्राउ

शुक्रबार, २८ कात्तिक २०७७, १९ : ३०
शुक्रबार, २८ कात्तिक २०७७

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना लाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले  गौर नगरपालिका वडा नं.२ बाट एक किशोर पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्लाको राजपुर नगरपालिका वडा नं.५ वस्ने शेख जाजुलको छोरा अन्दाजी वर्ष १९ का शेख नुरसैद रहेका छन् । प्रहरीले उनलाई भारत नेपाल फर्किदै गर्दा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो । प्रहरीले चेकजाँच गर्दा उनको साथबाट  श्रोत नखुलेको ३ लाख ३० हजार फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।

बरामद रकमसहित नुरसैदलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालयमा गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप