बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शुक्रबार साँझसम्म ५१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ३७६ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१ हजार ३०४ पुगेको हो ।
कोरोनाका कारण ज्यान गुमाउने संख्याको आधारमा बेलायत युरोपियन मुलुकमध्ये अग्र स्थानमा रहेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १३ लाख नाघेको छ । शुक्रबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप २७ हजार ३०१ जनामा कोरोना पुष्टि भएको छ । २४ घन्टामा करिब ३ लाख ९० हजारको पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख १७ हजार ४९६ पुगेको स्वास्थ्य विभागले उल्लेख गरेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ७२३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार २७५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ७१४ जनाको हस्पिटलमा उपचार भइरहेको छ ।